
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार अर्धठोस बनाएर ल्याइएको ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको छ । उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं आएका थिए ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij