Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

आगामी गन्तव्य तय गर्न कांग्रेस नेता गोदावरीमा

आगामी गन्तव्य तय गर्न कांग्रेस नेता गोदावरीमा

  • काठमाडौं । ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको आगामी गन्तव्य तय गर्न देशभरका नेता तथा कार्यकर्ता भेला भएका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर कांग्रेस सभापति देउवाले गोदावरीमा महासमिति बैठकको उद्घाटन गरेका छन् ।congress_9.jpg

    images
    images
    images

    कांग्रेस महासमिति बैठक नीतिनिर्माणमा केन्द्रित हुने गर्छ ।

    कांग्रेसको विधान अनुसार महासमिति बैठकले समयसापेक्ष नीति तय गर्ने गर्छ । यस बैठकले पनि कांग्रेसको आगामी यात्रा सम्बन्धी नीति तय गर्ने जनाइएको छ ।congress_13.jpg

    महासमिति बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेश गर्नेछन् ।

    फागुन १० गतेसम्म चल्ने बैठकमा सबै प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ । 

    congress_1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij