
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुडिँखेलमा आयोजना गरिएको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन् ।
मुल समारोह समितिले आयोजना गरेको सैनिक मञ्च टुडिंखेलमा प्रवेश नदिएपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।
सूचना तथा प्रसारण विभागको कार्डले पनि प्रवेश नदिएपछि पत्रकारहरुले क्यामेरा भुँईमा राखेर विरोध जनाएका हुन् । कार्यक्रममा निमन्त्रणा पत्र हेरेर मात्रै पत्रकारहरुलाई प्रवेश दिने भन्दै फकाईरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij