Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सरकारी तथा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ

सरकारी तथा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ

  • काठमाडौं । विभिन्न संघसंस्थाको नक्कली छाप र जरायोको जस्तो देखिने सिङसहित ३ युवक पक्राउ परेका छन् । पोखराको नयाँबजारस्थित ब्लु होम डेकोरबाट सरकारी कार्यालय, वडा कार्यालयको छापसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण व्युरोको टोलीले बुधबार राती पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१९ पुरनचौर घर भइ नयाँबजार बस्ने २८ वर्षीय सलिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र नयाँबजार बस्ने २९ वर्षीय विवेक श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

    उनीहरुको साथबाट २४ थान छाप र जरायोको जस्तो देखिने २ वटा सिंह बरामद गरिएको विकले जानकारी दिए । यस्तै छाप बनाउन प्रयोग गरिने केइसी लेखेको मेसिन, हाइटेक लेखेको मनिटर र १ थना सिपियु बारमद गरिएको हो ।

    बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनको भनाइ छ । जरायो जस्तो देखिने सिंहसहित थप अनुसन्धानमा डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij