
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौँको भृकुटीमण्डपस्थित आइतबारदेखि राष्ट्रियसभा गृहमा माओवादी केन्द्रीय समिति बैठक सुरु भएको हो ।
यसअघि गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँकै प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो । प्रचण्ड अध्यक्ष चुनिएपछि माओवादीको पाँचौ केन्द्रीय समिति बैठक हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij