
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । ग्लोबल आईएमई बैंकको संचालक समितिको बैंठकले सर्वसम्मतमा बैंकको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाललाई नै चयन गरेको छ । बैंकको अध्यक्षमा पुनः चयन भएका अध्यक्ष ढकालले आजै नेपाल राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
यसैबीच, बैंकमा ६ जना नयाँ संचालक समिति चयन भएको छ । संस्थापकबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र क्याविनेट श्रेष्ठलाई संचालक समितिमा चयन गरेको हो । यसैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट कृष्णप्रसाद शर्मा, दिपक शर्मा पोखरेल र सुदर्शन कृष्ण श्रेष्ठलाई चयन गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij