
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बैंकिङ कसुरमा ९ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले काभ्रे पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ जरिवाना पाएका उनलाई सिआइबीले कोटेश्वरबाट पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर ऋण लिएको प्रहरीले जनाएको छ ।
उक्त मुद्दामा २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई तीन वर्ष कैद र बिगो बमोजिम जरिवाना सुनाएको हो । त्यसयता फरार रहेका उनलाई सिआइबीले पक्राउ गरी आइतबर जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij