
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौं । सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कारागारको शौचालयमा गम्छाको पासो लगाइ झुन्डिएको अवस्थामा मण्डल फेला परेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत फेला परेका हुन् ।
जबरजस्ती करणी मुद्दामा उनी २०८० भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij