
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौं । गाडीबाट खसेर काठमाण्डौमा प्रहरी सहायक हवल्दार हेमराज एलजीको ज्यान गएको छ ।
प्रहरीको रातको सुरक्षा योजनाअनुसारको ड्युटी सकेर फर्कने क्रममा प्रहरीकै गाडीबाट खसेर सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षका सहायक हवल्दार एलजीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाे जीपकाे पछाडिबाट खसेर घाइते भएका एलजीलाई घटनास्थल नजिकै रहेको मेड पोइन्ट अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपाल एपीएफ अस्पतालमा लगेर उपचार गराउँदा उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।
चालक सहायक हवल्दार रामप्रसाद यादवलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij