Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

वृद्धाको हत्या आरोपमा एकजना पक्राउ

वृद्धाको हत्या आरोपमा एकजना पक्राउ

  • काठमाडौं । वृद्धाको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–७ चकदहकी ७६ वर्षीया रेश्मीदेबी रामको हत्या आरोपमा उनका छिमेकी २५ वर्षीय प्रमोद राम पक्राउ परेका छन् ।

    images
    images
    images

    खोजतलाशका क्रममा साढे दुई महिना पछि गाउँघरमै बसिरहेको अवस्थामा राम पक्राउ परेका इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीले जनाएको छ ।

    images

    मृतकका छोरा दुर्गानन्द मोचीले दिएको उजुरी इलाका प्रहरी कार्यालय कडरबोनामा मङ्सिर १ गते दर्ता भएको थियो । कात्तिक ३० गते जेष्ठ नागरिक महिलालाई आरोपितले कुटपिट गरेका थिए । पक्की घाटको पिल्लरमा ठोकिने गरी धकेल्दा लडेर टाउकोमा चोट लागी घाइते भएकी रेश्मीदेबीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहान, सिरहामा कात्तिक ३० गते राति मृत्यु भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij