
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन तोलाको १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी मंगलबारकै भाउमा तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij