Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ललितपुर जिल्ला अदालतले सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएपछि…

ललितपुर जिल्ला अदालतले सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएपछि…

  • काठमाडौं । ललितपुर जिल्ला अदालतले सोमबार एक सेवाग्राहीलाई गेटबाहिरनै पाइन्ट खोल्न लगाएको छ । अदालतले अंश मुद्दाका लागि अदालत पुगेका धरानका अनिश श्रेष्ठलाई अदालतको गेटबाहिर पाइन्ट खोल्न लगाएको हो ।

    images
    images
    images

    उनले पाइन्टभित्र ट्राउजर र बाहिर थोरै ग्रन्च भएको जिन्स पाइन्ट लगाएका थिए । तर, प्रहरीले उनलाई पाइन्ट खोल्न लगाएर ट्राउजरमा भित्र जान दिएको थियो ।

    सुरक्षाकर्मीले अनिशलाई च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको अधिवक्ता दिनेश राज सत्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।

    उनले आफ्नो क्लाइन्ट रहेका सेवाग्राही प्रतिउत्तर फिराउने म्यादका लागि आएको र म्याद सकिनै लागेको भनेर अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईसँग अनुरोध गरे पनि उनले घर गएर पाइन्ट फेरेर आउन भनेको सत्यालले उल्लेख गरेका छन् ।

    अर्को पाइन्ट किन्न पनि तत्काल सम्भव नभएको श्रेष्ठले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij