
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सोमबार चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij