Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

अध्यक्ष ओली: बैंकहरु पनि मिटरब्याजी नै हुन्

अध्यक्ष ओली: बैंकहरु पनि मिटरब्याजी नै हुन्

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन् । एमाले निकट बैंक, बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बैंक पनि मिटरब्याजी रहेको बताएका हुन् ।

    images
    images
    images

    ‘मैले सुन्छु बिमाले रकम खायो, बैंक पनि मिटरब्याजी भयो । अरुले नकमाउने तर बैंकले कमाउने त्यो तरिका के हो ? त्यसैले बैंक पनि मिटरब्याजी नै हो’, अध्यक्ष ओलीले तीन तीन महिनामा ब्याज साउमा गाभेर रकम असुल्ने गरेकाले त्यो पनि मिटरब्याज नै भएको बताए । उनले आफ्नो मात्रै मर्का हेरेर बैंकहरु चल्ने गरेको भन्दै ऋणीहरू मरेको मर्यै भएको बताए ।

    ‘कसैले डिपोजिट गरिदिएन भने कसरी बैंक बन्छ ?’, अध्यक्ष ओलीले प्रश्न गरे । उनले बैंकको अलवा बीमा तथा अन्य वित्तीय क्षेत्रबारे थुप्रै प्रश्नहरू उठेको भन्दै यसबारेमा यथार्थ दृष्टिकोण आउनुपर्ने बताए । बैंक विकासका सहयोगी हुनुपर्ने भन्दै नाफाखोर हुन नहुने ओलीको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij