Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

गुल्मीको छत्रकोट गाउँपालिकाकाे भवन नौ करोड लगानीमा बन्ने

गुल्मीको छत्रकोट गाउँपालिकाकाे भवन नौ करोड लगानीमा बन्ने

  • काठमाडौं । गुल्मी छत्रकोट गाउँपालिकाले नयाँ अत्याधुनिक प्रशासकीय भवन बनाउने भएको छ । जग्गा प्राप्तिको कठिन प्रक्रिया पूरा गरी सामुदायिक बनको जग्गामा यस गाउँपालिकाले अत्याधुनिक प्रशासकीय भवन निर्माण गर्न लागेको हो ।

    images
    images
    images

    एक औपचारिक कार्यक्रमको आयोजना गरी त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले सो भवनको शिलान्यास गनुभयो ।त्यस अवसरमा उहाँले लामो समयको मेहनतपछि छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासकीय भवन बनाउन लागेको बताउनुभयो ।

    images

    नौ करोड ११ लाख दुई हजार ९७९ रुपियाँ ७६ पैसा लागतमा २०८२ मङ्सिर ८ गतेभित्र सम्पन्न गर्ने गरी जिम्मा अम्बे मा बलदेव जेभीले निर्माण गर्ने सम्झौता भएको छ । भवन आवासबाहेक प्रशासनिक कामका लागि ३२ कोठा, बैठक कक्ष, सङ्ग्रहालयसहित ४ तलाको बन्नेछ । भवनमा अशक्त र वृद्ध वृद्धालाई सजिलो होस् भनेर लिफ्टको पनि व्यवस्था गरिएकाे गाउँपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij