
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । बाँसबारी जग्गा प्रकरणबारे सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।
उनी बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
सोही प्रकरणमा प्रहरीले चौधरी समूहका अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि पक्राउ गरिसकेको छ । थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी समूहका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij