
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाग्चौर नगरपालिका-८ कोटमोलाको भित्री सडकखण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर कुमाख गाउँपालिका-६ बडागाउँका १९ वर्षीय चालक जनक बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कायालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार गोबर बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij