
Apr 02 2025 | २०८१, चैत २० गते
इटली । इटलीको नेपल्स शहरस्थित स्टेडियो सान पाओलो रंगशालालाई म्याराडोनाको नाममा नामाकरण गरिने नेपल्सका मेयर लुईगी डि मागीस्ट्रिजले जनाएका छन् । बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा म्याराडोनाको निधन भएको थियो । म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो भने १९९० को विश्वकपमा फाइनलसम्मको यात्रा गरेको थियो ।
कतिपयले घरमा जिसस क्राइस्टको फोटोसँगै म्याराडोनाको तस्विर पनि राख्ने गरेका छन् । ‘ फुटबल नेपल्सको धर्म हो र म्याराडोना यहाँ भगवान्,’ समर्थकहरुले भन्ने गरेका छन् । ‘हामी स्टेडियो सान पाओलो डिएगो अर्मान्डो म्याराडोनाको सम्मानमा नामाकरण गर्नेछौं,’ मेयर मागीस्ट्रिजले ट्वीटमा लेखेका छन्,‘उनी सर्वकालिन महान् फुटबलर हुन् । उनले हाम्रा मानिसलाई सपना देखाए । उनले आफ्नो प्रतिभा यहाँ देखाए ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij