Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

वडा सदस्यविरुद्ध बालिका बेपत्ता बनाएको आरोपमा उजुरी

वडा सदस्यविरुद्ध बालिका बेपत्ता बनाएको आरोपमा उजुरी

  • काठमाडौं । जुम्ला सिंजा गाउँपालिकाकी वडा सदस्यविरुद्ध बालिका वेपत्ता बनाएको आरोपमा उजुरी परेको छ । माघ १० गतेदेखि छोरी बेपत्ता पारेको आरोपमा उनकी आमाले वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।

    images
    images
    images

    सिंजा गाउँपालिका– ६ जोडु गाउँकी १४ वर्षकी रमिशा बुढालाई वडा नं. ५ की महिला वडा सदस्य गोरा गाउँकी पाल्ती रावलको समूहले बेपत्ता पारेको आमा बिस्नकली बुढाको दाबी छ ।

    images

    भेडा चराउन गएकी छोरीलाई वेपत्ता बनाएको र उनको साथमा रहेको तीनवटा भेडासमेत खोसेर लगेको आमा विस्नकलीले बताइन् । रमिशा माध्यमिक विद्यालय जोडुमा कक्षा ७ मा अध्ययनरत छन् ।

    बालिकाकी आमाले मुनुकली रावल र पाल्ती रावलको नाममा निवेदन दिएको शनिगाउँ प्रहरी चौकीका हवल्दार सुरेसप्रसाद भट्टले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij