
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख नजरल सरपेट्रिक सन्डर्सले परराष्ट्रमन्त्री एनपी साउदसँग आज शिष्टाचार भेट गरेका छन् । भेटमा दुई शताब्दीभन्दा लामो नेपाल–बेलायत सम्बन्धबारे चर्चा भएको थियो ।
गोर्खाहरूले बेलायती सेनामा पुर्याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेना प्रमुखसँग अनुरोध गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij