
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ । मन्त्री साउदले ज्यान मार्ने धम्की दिएको भन्दै बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले उजुरी दिएका हुन् ।
मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्र पालले उजुरी आएको पुष्टि गरे । यता मन्त्री साउदले उजुरी आएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘मेरो कारोबार भएको छैन । मलाई उजुरी बारेमा जानकारी पनि छैन, म यो विषयमा बुझ्दैछु’ उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij