Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

वैदेशिक रोजगारीमा ठगी,फरार कन्सलटेन्सी सञ्‍चालक पक्राउ

वैदेशिक रोजगारीमा ठगी,फरार कन्सलटेन्सी सञ्‍चालक पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक कन्सलटेन्सीका सञ्चालक पक्राउ परेका छन् । मिराकल कन्सलटेन्सीका सञ्चालक २३ वर्षीय राम शरण शिवाकोटी रहेको  प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले शिवाकोटीलाई कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको जानकारी दिए । उनले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने  भन्दै पीडित युनिसा आले मगरसहित केही व्यक्तिबाट ३३ लाख २ हजार रकम लिइ फरार भएका थिए ।

    अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने,त्यहाँ २ लाख रुपैयाँ तलब हुने भनी विश्वास दिलाइ पीडितहरूबाट पटक-पटक गरी ३३ लाख २ हजार रुपैयाँ लिइ भारतको नयाँ दिल्लीमा लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    शिवाकोटीलाई थप अनुसन्धानका तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij