
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या गरेको रहस्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय खाँदबारीमा वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई प्रहरीले सार्वजनिक गरेको हो ।
खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ६ माघ शनिबार स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेर राई सोही दिन नै तुम्लिङटारदेखि भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अरुण तेस्रोमा ज्यालामजदुरी काम गर्ने राई श्रीमतीसहित तुम्लिङटारमा कोठा भाडा लिई बसिरहेका थिए ।
घटना शंकास्पद भएपछि कोशी प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर ल्याई घटनाको अनुसन्धान गरिएको थियो । राईलाई ११ माघ धरान उपमहानगरपालिका–२ देसीलाइनको एक गेस्टहाउसबाट दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij