Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

केपी ओली: जो–कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्नुपर्छ

केपी ओली: जो–कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्नुपर्छ

  • काठमाडौं । केपी शर्मा ओलीले जो–कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्न आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    एसिड आक्रमणबाट पीडित किशोरी र महिलाका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एसिड परिभाषित रुपमा मात्रै प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    उनले प्रशासनिक सजगताबिना एसिडको उपलब्धता हुनु नहुने भन्दै के प्रयोजन, कुन मात्रामा किनेको हो ? कति मात्रा प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने प्रावधान लागू गर्न आवश्यक रहेको बताए । उनले यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउने पनि बताए । उनले घटना हुन नदिनका लागि सरकारले समयमै आवश्यक कदम चाल्नुपर्ने बताए ।

    अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बरु अरु कुनै पनि सजाय दिन सकिने स्पष्ट पारे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij