
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिकाको एक पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । फुटुङ डाँडागाउँस्थित भारत मोतिहारी घर भएका ३७ वर्षीय सलिन मियाको सिरक डसना र माछा पसलमा शनिबार दिउँसो आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागीबाट नगद, सुनचाँदीका गरगहना, सिरक बनाउने मेसिन, कपास, तयारी सिरक, डसना गरी करिब १२ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij