Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

सुदूरपश्चिममा माओवादीको संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन

सुदूरपश्चिममा माओवादीको संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन

  • काठमाडौं । माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।धनगढीमा बसेको उपलब्ध पदाधिकारीको बैठकले पार्टीको विधि विपरीत र केन्द्रीय कार्यालयको निर्देशन समेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्चाउन निर्देशन दिने निर्णय गरेको हो ।

    images
    images
    images

    सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई पदाधिकारी बैठकले गरेको निर्णय समेत परिपत्र गरिएको छ । संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij