Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

१६ वर्षपछि पक्राउ थुनुवालाई भगाएर फरार रहेका प्रहरी

१६ वर्षपछि पक्राउ थुनुवालाई भगाएर फरार रहेका प्रहरी

  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्षबाट थुनुवालाई भगाएर फरार रहेका प्रहरी १६ वर्षपछि पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले तत्कालीन प्रहरी जवान विरवल राय यादवलाई पक्राउ गरिएको जानकारी दिए ।

    images

    लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँ बानेश्वरबाट पक्राउ भई लागूऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासत कक्षमा रहेका प्रतिवादी भारत पूर्वी चम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम थाना रक्सौल ३९ वर्षीय असरफ आलमलाई प्रहरी जवान यादवले भगाएका थिए ।

    २०६४ जेठ ९ गते प्रहरी जवान यादवले नक्कली चिट बनाई आफैंले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी ‘इन्सपेक्टर सापले बोलाउनुभएको छ’ भनी हिरासत कक्षबाट हत्कडी समेत लगाएर बाहिर निकाली भगाई फरार रहेका थिए ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij