
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको छ ।
सामान्य भनाभन भइरहँदा प्रहरी कर्मचारीले हमालमाथि आक्रमण गरेको अध्यागमन विभागका सूचना अधिकारी प्रेम प्रसाद दाहालले नेपाल भ्यूजलाई बताए ।
हातपात गर्ने त्रिवि विमानस्थल प्रहरीका कर्मचारी भए पनि नाम खुलेको छैन । अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij