Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छ : मुख्यमन्त्री पौडेल

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छ : मुख्यमन्त्री पौडेल

  • वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको बताउनुभएको छ । 

    images
    images
    images

    आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष ९आइसियु० को उद्घाटन गर्दै उहाँले सरकारी अस्पतालमा सघन उपचार कक्षको सञ्चालन भएको एक महिनाभित्रै सहकारीमार्फत सञ्चालित अस्पतालले पनि सुविधासम्पन्न सघन उपचार केन्द्र तथा ट्रमा सेन्टरसमेत सञ्चालन गरेर स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउनुभयो । 

    मुख्यमन्त्री पौडेलले अबका दिनमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा जटिलभन्दा जटिल स्वास्थ्य समस्याको उपचार हुने वातावरण बन्दै गएको उल्लेख गर्दै जिल्लामा भएका सबै स्वास्थ्य संस्थाले समन्वय गरेर ज्ञान, अनुभवको आदानप्रदान तथा सहकार्य गरी गुणस्तरीय सेवा प्रवाह गर्न सके राम्रो हुने धारणा व्यक्त गर्नुभयो । 

    उहाँले जिल्लामा हाल विभिन्न अस्पतालमा गरी आइसियु, सिसियु, भेन्टिलेटरसहित ३५० श्ययाभन्दा बढी सञ्चालनमा रहेको बताउँदै यहाँ सञ्चालित अस्पतालले प्रदेशका अन्य जिल्ला तथा प्रदेश नं २ का विभिन्न क्षेत्रका नागरिकलाई समेत सेवा प्रवाह गरेको बताउनुभयो । 

     हेटौँडामा केही वर्षअघि देखि सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको हो । सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा नयाँ भवनमा सात श्ययाको सघन उपचार कक्ष, तीन श्ययाको पिआइसियु र एउटा साधारण आइसियु कक्ष स्थापना गरेको छ । अस्पतालले हाडजोर्नीसम्बन्धी स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न ट्रमा सेन्टरसमेत स्थापना गरेर काम शुरु गरेको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij