
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई पक्राउ गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मंगलबार कार्यालयपरिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले तीनैजनालाई दुई लाख ५० हजार घुससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij