
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेपाल प्रहरीका ३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २४ जना प्रहरीलाई गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन भनेको छ र सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावली अनुसार सेवाबाट हटाइने चेतावनीसमेत दिएको छ ।
सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् । उनीहरुलाई खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सूचना जारी गरिएको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij