Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

नक्कली प्रवेश पत्र बनाएर मोटरसाइकलको ट्रायल परीक्षा दिने एकजना पक्राउ

नक्कली प्रवेश पत्र बनाएर मोटरसाइकलको ट्रायल परीक्षा दिने एकजना पक्राउ

  • काठमाडौं । नक्कली प्रवेश पत्र बनाएर ट्रायल दिने एकजनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पक्राउ गरेको छ । इलामको चुलाचुली–४ घर भई हाल काठमाडौंको थली बस्ने १८ वर्षीय सिजन पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनले भक्तपुरको राधेराधेस्थित इजी वई ट्रायल सेन्टरमा दुईपांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा दिने क्रममा सिजनलाई पक्राउ गरेको हो ।

    ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार पुरी पहिलो पटक परीक्षामा अनुत्तीर्ण भइ पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएका थिए । दोस्रो पटक समेत फेल भएका उनले तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा पक्राउ परेका हुन् ।

    पक्राउ परेका पुरीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमीमा पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij