Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

महानगर प्रहरीले हातपात गरेको काठमाडौं महलका व्यवसायीको आरोप

महानगर प्रहरीले हातपात गरेको काठमाडौं महलका व्यवसायीको आरोप

  • काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयअगाडि काठमाडौं मलका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । व्यवसायीले आफूहरूले सञ्चय कोषको काठमाडौं महलको ‘ग्राउन्ड फ्लोर’मा व्यवसाय गर्दै आएको र एक वर्ष हुँदा पनि महानगरपालिकाले नगर प्रहरी लगाएर अपमान गरेको बताए ।

    images
    images
    images
    व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै आफूहरूको अपमान गरिएको उल्लेख गरे । उनले महानगरले अदालतको आदेशविपरीत व्यवसायीमाथि धरपकड गरेको बताए ।

    काठमाडौं महल सञ्चय कोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीलाई आतंककारी शैलीमा धरपकड गरेको आरोप लगाए । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरूमाथि हातपात गरेको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij