
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित जङ्गलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् ।
घटनामा संलग्न उदयपुर ताप्ली– ८ का धीरज हमाल, भोजपुर षडानन्द– ८ का घनश्याम श्रेष्ठ र अन्य दुई १७ वर्षका बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेका प्रमुख एसपी भाग्यन्द्रपुरुष ढकालका अनुसार ‘‘२७ पुसको साँझ किशोरी सामूहिक बलात्कारमा परेको सूचना आयो । यस क्रममा घटनास्थल आसपासका शङ्कास्पद ६० भन्दा धेरैलाई पक्राउ गरियो । अन्ततः चारजना घटनामा संलग्न रहेको खुल्यो । उनीहरूलाई पक्राउ गरिएको छ ।’
किशोरी २७ पुसको साँझ साथीसँगै इभिनिङ वाकमा घरबाहिर निस्केकी थिइन् । साथी घर फर्किइन्, तर किशोरी बेलुकासम्म पनि नफर्केपछि परिवारका सदस्य खोज्न निस्केका थिए । सोही क्रममा किशोरी रूखमा झुन्डिन तयार अवस्थामा फेला पेकी थिइन् ।
परिवारका सदस्यले तत्काल उद्धार गरेका थिए । यही क्रममा किशोरीमाथि सामूहिक बलात्कार भएको खुलेको थियो । सामूहिक बलात्कारको सीकार भए पनि घटनामा संलग्न अभियुक्तहरूलाई किशोरीले नचिन्ने रहिछिन् । प्रहरीले फरक ढङ्गले अनुसन्धान गरेर पहिचान गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij