
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । पत्नीलाई बलात्कार गरेको आरोप लागेका न्यायाधीश भुवन गिरीविरुद्धको रिट निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंका निलम्बित न्यायाधीश गिरीविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश द्वय डा.मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको हो । न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij