
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काभ्रेमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । घर नजिकैको जंगलमा दाउरा काट्न गएको बेला काभ्रेको तेमाल गाउँपालिका- ४ बोल्दे निवासी ४० वर्षीय बाबुराम नेपालीलाई चितुवाले आक्रमण गरेको हो ।
चितुवाले आक्रमण गर्दा टाउको र घाँटीमा चोट लागेका नेपालीलाई उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij