Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको हो ।

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा.टोकराज पाण्डेका अनुसार सोमबार बिहान ६ बजेदेखि भन्सारको चेकजाँचमा सशस्त्र प्रहरी खटिन थालेका हुन् । हाल आगमन कक्षको वाक थ्रु गेट क्षेत्रमा भन्सारलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।

    सुरक्षा संवेदनशीलता, कामको बढ्दो चुनौतीलगायत विशेष आवश्यकतालाई मध्यनजर गरी सशस्त्र प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस अन्तिम साता यससम्बन्धी निर्णय गरेका थिए । इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली परिचालन हुनेछ भने एक सिफ्टमा पाँच सशस्त्र प्रहरी ड्युटीमा खटिनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij