Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रहरीका एक जवानसहित ९ जनाले १४ बर्षकी बालिकालाई बलात्कार

प्रहरीका एक जवानसहित ९ जनाले १४ बर्षकी बालिकालाई बलात्कार

  • काठमाडौं । मुगुमा एक बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलासा भएको छ ।

    images
    images
    images

    १४ बर्षकी बालिका बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

    बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् । ती बालिकामाथि गत असोजमा बलात्कार भएको देखिएको हो । बालिकाको गर्भमा भ्रूण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

    बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेका थिए । चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेको देखिएपछि उनीमाथि बलात्कार भएको घटना बाहिरिएको हो । बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ ।

    फरार भएकाहरुलाई पनि प्रहरीले खोजीरहेको छ । पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij