Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

छ वर्षिया बालिका बलात्कार

छ वर्षिया बालिका बलात्कार

  • काठमाडौं । सल्यानमा छ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । शारदा नगरपालिका–६ सापमारामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    आफन्त पर्ने किशोरले बालिकालाई ललाई–फकाई गरेर आफ्नै घरमा लगी गत पुस ७ गते बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्की बताए । ‘आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको हो’, उनले भने, ‘पक्राउ परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

    घटनाको थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij