Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

सन्दीप लामिछाने उच्च अदालत जाँदै

सन्दीप लामिछाने उच्च अदालत जाँदै

  • काठमाडौं । सन्दीप लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भए पनि पूर्ण फैसला नआएकाले रोकिएका छन् ।

    images
    images
    images

    जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन जाने उनका वकिलहरूले बताइरहेपनि पूर्ण पाठ आइसकेको छैन । बलात्कार आरोपमा दोषी ठहर भएर ८ वर्ष जेल सजाय पाएका सन्दीप सो फैसलाको चित्त नबुझेको भन्दै माथिल्लो अदालत जान चाहन्छन् ।

    पूर्णपाठ आएलगतै थुनाबाहिरे बसेर मुद्दा लड्न पाउने मागसहित उच्च अदालत जाने, सन्दीपको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरे बताउँछन् । उनले भने, ‘‘जिल्ला अदालत काठमाडौँको निर्णयविरुद्ध उच्च अदालत पाटन जाँदै छौँ । तर, पूर्णपाठ नआएको रोकिएका छौँ । आएलगतै थुना बाहिरै बसेर मुद्दा लड्न पाउने माग गर्दै निवेदन दिनेछौँ ।’’

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij