काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका निम्ति चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् ।
रास्वपाले सम्पन्न गरेको तीनदिने ‘दबाब यात्रा’ (पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम)का विषयमा सो अवसरमा छलफल गरिएको थियो ।
भेटवार्तामा प्रतिनिधिसभा सदस्य एवं रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, सांसद एवं पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायत नेता सहभागी थिए ।