
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । भारतको उत्तर प्रदेशमा पर्ने अमरोहा जिल्लाको एउटा गाउँमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार घटना जिल्लाको ढाका गाउँको हो ।
पहिले कोठामा जलेको कोइलामा खाना पकाइएको थियो । त्यसपछि एउटै कोठामा सात जना सुतेका थिए । जिल्ला मजिस्ट्रेट राजेश त्यागीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्राथमिक रूपमा कोठामा अक्सिजनको अभाव भएको देखिन्छ, जसका कारण निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको हो । जसमा दुई केटा र तीन केटी छन् । दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij