Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ग्राहक ठग्नेलाई ठाउँका ठाउँ जरिवाना

ग्राहक ठग्नेलाई ठाउँका ठाउँ जरिवाना

  • काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने तीन व्यापारिक पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले गरेको बजार अनुगमनका क्रममा विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएपछि आर्थिक कारबाही गरिएको हो ।

    images
    images
    images

    विभागले १० पसलमा गरेको अनुगमनबाट ३ पसलले विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार छाउनीको किराना पसललाई २० हजार जरिवाना तिराइएको छ । यो पसलले खरिद बिलबिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो ।

    यस्तै, यस्तै, छाउनीकै अर्को किराना पसललाई समेत २० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत खरिद बिलबिजक नराखेको पाइएको विभागले जनाएको छ । यसबाहेक, कुपण्डोलको रेडिमेड तथा थान कपडा पसललाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत अन्य दुई पसलको जस्तै बिलबिजक नराखेको पाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij