Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सार्वजनिक यातायातमा दुई पाकेटमार पक्राउ

सार्वजनिक यातायातमा दुई पाकेटमार पक्राउ

  • काठमाडौं । काठमाडौँको सार्वजनिक यातायातमा पाकेटमारीमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महाराजगञ्ज चोकमा सार्वजनिक यातायातमा सवार भएका मानबहादुर भण्डारीको साथमा रहेको १८ हजार रुपैयाँ पाकेटमारहरूले चोरेका थिए ।

    images
    images
    images

    प्रहरीको अनुसन्धानपछि चोरीमा संलग्न काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भएका ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३५ वर्षीय विष्णु थापालाई पक्राउ गर्न सफल भएको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकु आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij