
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले ६ जना उम्मेदवारको नाम टुंगो लगाएकाे छ ।
सत्ता गठबन्धनमा माओवादीले ६ सिट पाउने सहमति भएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको हो ।
माओवादीले टुँगो लगाएको नामहरुमा कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij