
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ घर भएका २१ वर्षीय भाग्य नारायण यादवलाई जडिबुटीबाट प्रहरीले पक्राउ गरेको हो ।
पीडितको मोबाइलमा अननोन सोर्स भएको युआरएल लिंक म्यासेज पठाएर सो लिंकबाट बैंक खातामा पहुँच बनाएर यादवले ठगी गरेको आरोप छ । बैंक खातामा पहुँच बनाएर आरोपीले मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेर ठग्ने गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij