
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा स्थायी घर भइ हाल बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान बिनोद एडी रहेका छन् ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij