
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पालुङटार नगरपालिका-८ लामाचौरका २६ वर्षीय महेश पन्त मृत भेटिएका छन् । गोरखा नगरपालिका-१४ अकला मन्दिर नजिकैको आफ्नै होटल 'हिल कटेज'मा पन्त मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठका अनुसार धेरै दिनदेखि सम्पर्कविहीन भएका मृतक पन्तकाे टाउको र खुट्टामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिन्छ ।
घट्ना शङ्कास्पद रहेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij