Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

वडा अध्यक्षमाथि नै जातीय विभेद

वडा अध्यक्षमाथि नै जातीय विभेद

  • काठमाडौं । कालिकोटको पचालझरना गाउँपालिका-२ का वडा अध्यक्ष करबीरे विश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा स्थानीय एक जना पक्राउ परेका छन् । 

    images
    images
    images

    स्वास्थ्य चौकीको विषयलाई लिएर बदालकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत रहेका बोगटीले सामाजिक सञ्जाल फेसबुक र मोबाइल मार्फत वडा अध्यक्ष विश्वकर्मालाई जातीय विभेद गरेको भन्दै पीडित विश्वकर्माले प्रहरीमा उजुरी दिएका थिए ।

    कालिकोटका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीका अनुसार कार्यालय सहयोगी ४४ वर्षीय गोकुल बोगटीले फेसबुक स्ट्याटसको कमेन्टमा गाली गरेको र फोन कलमा घरमा बम पड्काउने र मार्ने समेत धम्की दिएको रेकर्डसहित पीडितको उजुरी आएपछि प्रहरीले घटनाकाे अनुसन्धानका लागि आरोपिलाई पक्राउ गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij