
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपममा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीच झडप भएको थियो । झडपममा घाइते भएका वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसअघि किस्ट अस्पतालमा दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij